संमृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर सबैतिर सफलतै सफलता हाँसिल गरेको दाबी गर्दै आएको वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीप्रति उनैका अति विश्वासी पात्रहरुले समेत अविश्वास व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै प्रधानमन्त्री ओलीका अतिप्रिय र विश्वासी पात्रद्धय कृष्णगोपाल श्रेष्ठ र खगराज अधिकारीले सरकारको ध्यानाकर्षण गराउन सभामुख कृष्णबहादुर महरा समक्ष हार गुहार गरे।
बैठकमा बोल्दै पूर्व एमाले सचिवालयका सचिव समेत रहेका श्रेष्ठले भने, ‘सभामुख महोदय, नेपालमा डेंगु, डेंगु डेंगु भनेर कराउँदा कराउँदै थाकिसकियोे। यो डेंगुको सवालमा सरकार बोल्दैन। अमेरिकाको सरकारले बोलिदियो।’
हालै देशका विभिन्न भागमा फैलिएको डेंगु रोगले फैलाएको त्रासबारे सरकारको निरिहपनका कारण अमेरिकन सरकारले नेपालमा डेंगु आतंक रहेको भन्दै नेपालमा आफ्ना नागरिकहरुलाई नजान र नेपालमा भएकालाई सचेत रहन गरेको सार्वजनिक अपिलप्रति सांसद श्रेष्ठले भने, ‘यो भन्दा लाजमर्दो के हुन्छ सभामुख महोदय?’
सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘मन्त्री डेंगुको पीडित, आँखा विशेषज्ञ सन्दुक रुइत डेंगुको पीडित अब हामीमध्ये कतिजना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो सभामुख महोदय?’
उनले अविलम्ब सभामुख मार्फत स्वास्थ्यमन्त्रीले सदनमा आएर सरकारको आधिकारिक धारणा सार्वजनिक गरि डेंगु के हो कसरी लाग्छ? उपचार कसर िगर्ने र बच्ने उपाय के हो? यो रोगबाट मरेका लाइ के गर्ने सरकारले आधिकारिक धारणा ल्याउन माग गरे। अन्यथा आफूले सरकारको विरोध गर्ने बताउँदै उभिए। त्यसपछि सभामुख महराले यसबारे आफूले पछि रुलिङ गर्ने भनेपछि उनी बसे।
त्यसलगत्तै ओलीकै अर्का प्रिय पात्र खगराज अधिकारी पनि डेंगु प्रकोप हो या महामारी सरकारले स्पष्ट पार्नु भन्दै यदि यो यो महामारी हो भने हामी सबै जनप्रतिनिधिहरु राजनीतिक दलका सम्पूर्ण सदस्यहरु सम्पूर्ण शक्तिका साथ यसको विरुद्ध जनचेतना अभियान र डेंगु विरुद्ध सम्पूर्ण साधान र स्रोत परिचालनका लागि हेल्थ इर्मजेन्सी तुरुन्तै घोषणा गरेर यो महामारीलाई समाप्त पार्न लाग्नु पर्नेमा जोड दिए।
उनले यदि यो प्रकोप हो भने इपिडिमियोलोजि महाशाखा के हेरेर बसेको छ कि सुतेर बसेको छ? स्वास्थ्य मन्त्रालय के हेरेर बसेको छ? जनतामा यो आतंक र भय तुरुन्त समाप्त पार्ने काम तुरुन्त गरियोस् भनि माग गरे।
त्यसपछि सभामुख महराले यसबारे सदनमा यथाशिघ्र जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।
https://www.facebook.com/himaldainik/videos/1110764435785260/?t=3
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय