प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताउनुभयो । उहाँले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा राखे ।
सांसद विमला नेपालीले महँगी र भीमसेनदास प्रधानले डेङ्गु रोगको नियन्त्रण गर्न जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरिन् । सांसद मनकुमारी जिसीले एड्स रोगीलाई बीमा कम्पनीले विभेद गरेको बताउनुभयो भने महेश्वरजङ्ग गहतराजले सडकमा गाईगोरु छाडा छोड्नाले कारवाही गर्न माग गरिन् ।
सांसद मायादेवी न्यौपाने, मीनाक्षी झा र मैनाकुमारी भण्डारीले महिला तथा बालिकामाथि हुने यौन हिंसा र मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकारको ध्यानाकर्षण गरे । सांसद यज्ञराज सुनुवार, यशोदा सुवेदी, राधा ज्ञवाली, रानी मण्डल, राजबहादुर बुढा, रेखाकुमारी, भरतकुमार शाह र रेणुकाकुमारी गुरुङले पनि समसामायिक विषयमा आआफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय