हिमाल दैनिक
मुस्कान खातुनमाथि एसिड आक्रमणप्रति सदनमा भत्सर्ना
acid-attack himal-dainik
सांसदहरुले विद्यालय जान लागिरहेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार वीरगञ्जमा भएको आक्रमणको भत्सर्ना गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठक सुरुहुनेबितिकै सांसद जुलिकुमारी महतोले उक्त घटनाका संलग्नलाई कडा कारवाही हुनुपर्ने बताईन। उनले काठमाडांैस्थित कीर्तिपुरमा उपचारत खातुनलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र एशिड प्रहार गर्नेमाथि कडा कारवाही गराउन पनि सांसदहरुले सरकारको ध्यानाकर्षणसमेत गराईन । उनले एसिड आक्रमणका घटना नियन्त्रण गरी महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराए । बैठकको बिशेष समयमा सांसद उमा रेग्मीले संसारका व्भिन्न देशमा मृत्युदण्डको कानुन रहेको दृष्टान्त दिदै कानुनमा संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताईन । समाजवादी पार्टीका सांसद प्रदीप यादवले एसिड आक्रमणका दोषीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने बताए । भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा वीरगञ्ज छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाडौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update