हिमाल दैनिक
पशुपतिमा राष्ट्रिय गान, पञ्चायतको पुनरावृत्ति कि राष्ट्रिय गानकै अपमान!
bhimsen das himal-dainik
पशुपतिनाथको मन्दिरमा साँझको आरती गर्नु पहिले राष्ट्रिय गान गाउन सरकारका तर्फबाट जारी भएको आदेशप्रति प्रमुख प्रतिपक्षी दलका सांसदले गम्भिर आपत्ति प्रकट गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारका पर्यटन मन्त्री योगेश भट्टराइले आरती गर्नुअघि राष्ट्रिय गान गाउन दिएको दिर्नेशन मन्त्रिपरिषदले पनि अनुमोदन गरेको हो भने यो धर्म, संस्कृति र परम्परा विपरित भएको दाबी गरे। उनले भने, ‘पशुपति आर्यघाटमा आरती मात्र हुँदैन, त्यहाँ आफन्त जनको दाहसंस्कार गर्न मलामी र आफ्ना परिवार जनलाई दाहसंस्कार गर्ने जन पनि आउँछन्। त्यो नेपालको राष्टिय गान गाइरहँदा त्यसको एउटा परम्परा र गरिमा छ, आफ्नै मौलिकता अनुसार उभिनु पर्छ जसरी हामी यहाँ राष्ट्रिय गानमा उभिन्छौँ। त्यो दाहसंस्कार गरिरहेको पुत्रपुत्रीले त्यतिबेला उभिने कि नउभिने? दाह संस्कार गर्ने कि ठ्याक्क रोकेर उभिने?,’ उनले प्रश्न गरे। पशुपतिनाथ नेपालीको मात्र नभई विश्वका करोडौँ संख्यामा जम्मा हुने विदेशी श्रृद्धालु भक्तजन जसलाई नेपालको राष्ट्रिय गानको विषयमा ज्ञान पनि हुँदैन भन्दै उनीहरु मन्दिर दर्शनका लागि जाँदा राष्ट्रिय गान बज्दा उभिएनन् भने के यसले राष्ट्रिय गानमाथि सम्मान जनाउँछ कि त्यसको बेइजत हुन्छ भनि प्रश्न गरे। सरकारको निर्णय पुर्नविचार गर्न माग गर्दै उनले त्यस्तो ठाउँमा राष्ट्रिय गानको गरिमा नरहने बताउँदै उनले भने, ‘यसले अनादर पैदा हुन्छ। यो हिँजोको पञ्चायतको पुनरावृत्ती जस्तै भइरहेको छ। सिनेमा हलमा गराउने। राष्ट्रिय गान त राष्ट्रपति, प्रधानमन्त्री जाने ठाउँमा, सभामुख जाने ठाउँमा विभिन्न पार्टींको कार्यक्रम र राष्ट्रिय कार्यक्रममा बजाउने हो। जहाँतही त्यहि बजाउने?’ प्रत्येक शुक्रबार नेपालका मुस्लिम धर्माबलम्बीले घण्टाघर नजिकको मस्जिदमा नवाज पढ्ने र उनीहरुले पनि नवाज पढ्नु अघि पनि राष्ट्रिय गान गाउनु पर्छ भनियो भने यसले मुस्लिम समुदायमा कस्ता प्रभाव पार्छ भनि उनले प्रश्न गरे। सरकार बारम्बर किन विवादस्पद कुरा मात्रै ल्याउँछ भन्दै उलने भने, ‘सरकारको यति साख गिरेको छ र यसले हामीलाई चिन्ता लागेको छ कि यस्तै यस्तै कारणले यो बहुदलीय गणतन्त्रप्रति जनताको अनास्था पैदा गर्ने काम भइरहेको छ।’ यस्तै गतिविधि जारी रहे यो संविधान उल्टिन पनि सक्ने खतरातर्फ संकेत गर्दै सरकारलाई राष्ट्रवादको भोक जागेकै भए नेपालको नक्सामा कालापानीमा राष्ट्रिय निशान छाप सच्याएर देखाउन चुनौति दिए। https://youtu.be/BF8eiQSrRY0
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update