हिमाल दैनिक
प्रतिनिधिसभाले औद्योगिक व्यवसाय विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राजश्व चुहावट (अनुसान्धान र नियन्त्रण) (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ सभामा पेश गरेका थिए। त्यसैगरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सभामा टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update