वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वातावरणको सरसफाईका सम्बन्धमा दिर्घकालिन समाधानका लागि गम्भिरतापूर्वक लिएर काम अधि बढाइरहेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभामा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धी उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। त्यस्तै फोहोरलाई मोहोरमा बदल्न कुहिने र नकुहिने फोहोरलाई बर्गिकरण गरी प्रशोधन गरेर त्यसलाई विभिन्न क्षेत्रमा प्रयोगका लागि काम अधि बढाइएको पनि बताए ।
त्यस्तै चुरे संरक्षण तथा व्यवस्थापनका लागि पनि सरकारले गुरुयोजना बनाएर त्यसको आधारमा काम अघि बढाइएको जानकारी दिए । चुरे संरक्षणको काम यति समयमा सकिन्छ भनेर समय किटान गरेर भन्न नसक्ने अवस्थामा रहेपनि निरन्तर रुपमा समस्याहरु घट्दै जाने दाबी गरे । उनले वन जङ्गलमा लाग्ने डढेलो नियन्त्रणका लागि स्थानीय र प्रदेश सरकारसँग सम्वन्य गरे काम गर्ने उल्लेख गरे ।
बैठकले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विधेयक, २०७५ सर्वसहमतीले पारित गरेको छ । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरे ।
त्यस्तै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राजश्व चुहावट (अनुसन्धान र नियन्त्रण) (पहिलोसंशोधन) विधेयक सम्बन्धी समितिकोप्रतिवेदन, २०७६ पेश गरे। प्रतिनिधिसभा अर्को बैठक भदौ २२ गते आइतबार १ बजे बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय