हिमाल दैनिक
अष्ट्रेलियाको न्यु साउथ वेल्स र क्विन्सल्यान्डमा आगलागीबाट ३ जनाको मृत्यु भएको छ। अष्ट्रेलियाको पूर्वी क्षेत्रमा झाडीबाट सल्किएको डढेलो करिब १ हजार किलोमिटर क्षेत्रमा फैलिएको हो। डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घर पूर्ण रूपमा जलेर नष्ट भएको बिदेशी संचार माध्यमले जनाएको छ। गत साता अष्ट्रेलियाको पूर्वी क्षेत्रमा लागेको भीषण आगोले दुई राज्यको सय भन्दा बढी स्थानमा प्रभावित परेको छ। उक्त भीषण आगलागीका कारण हजारौं नागरिक विस्थापित भएका छन् भने केहि मान्छेहरु हराएको असंखा गरिएको छ। प्रधानमन्त्री स्कट मोरिसनले उक्त स्थानलाई "फायर इमर्जेन्सी" घोषणा गरेका छन्। आगो निभाउन एक हजार ३०० अग्नि नियन्त्रक टोली तथा स्थानीय सयौं स्वयंसेवक खटिरहेको बताइएको छ। प्रधानमन्त्री मोरिसनले आवश्यक परे सेनाको पनि सहयोग लिन समेत आग्रह गरेका छन्। ८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा रहेको आगो सिड्नीनजिकै आउने खतरा बढी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। (एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update