पाकिस्तानको कराँजीमा बिहिबार बिहान रेलमा आगलागी हुँदा ६५ जनाको मृत्यु हुनुका साथै ३० जना यात्रु घाइते भएका छन्।
पाकिस्तानको कराँजी देखि रावलपिण्डी जाँदै गरेको रावलपिण्डी तेजगाम एक्सप्रेसमा बिहिबार बिहान अचानक आगो लाग्दा रेलमा रहेका यात्रुहरुको मृत्यु भएको हो।
अन्तर्राष्ट्रिय संचारमाध्यमले रेलवे अधिकारीलाई हवला दिँदै दिएको समाचार अनुसार, रेलमा यात्रा गरिरहेका यात्रुले ग्याँस चुल्हो उपयोग गर्दैगर्दा उक्त ग्याँस सिलिण्डर विष्फोट भइ रेलमा आगो लागेको थियो।
पाकिस्तानी रेल मन्त्री शेख राशिदले सिलिण्डर विष्फोटन हुँदा सल्किएको आगो रेलका तीन डब्बामा फैलिएपछि ज्यान बचाउन चल्दै गरेको रेलबाट हाम फालेका अधिकांश यात्रुहरुको मृत्यु भएको बताएका छन्।
यसरी भएको दुर्घटनामा घाइतेको अवस्था गम्भिर रहेको र मृतकको संख्या अझै बढ्न सक्ने आशंका अधिकारीहरुले गरेका छन्।
घटना लगत्तै सेनाको हेलिकप्टरबाट घाइतेहरुको उद्दार गरी अस्पतालमा उपचारका लागि घाइतेहरुलाई भर्ना गरिएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय