हिमाल दैनिक
भारतीय सुपरस्टार अमिताभलाई थाहा छैन, सीताको जन्मथलो मिथिला नेपालमा पर्छ कि भारतमा?
EG-WnwMU4AAthpA
भारतीय चलचित्र क्षेत्रका सुपरस्टार अमिताभ बच्चनले सञ्चालन गर्दै आएको अत्यन्त लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’मा हिन्दु धर्मग्रन्थ रामायणकी प्रमुख पात्र सीताको जन्मथलोबारे गलत प्रश्न सोधेका छन्। मंगलबार साँझ सोनी टेलिभिजनबाट प्रशारित कौन बनेगा करोडपति कार्यक्रममा अमिताभ बच्चनले हटसीटमा बसेका प्रतियोगीलाई सीताको जन्मथलोको विषयमा सोधेको प्रश्नको वैकल्पिक उत्तरमा गलत अप्सन राखेपछि उनी फेरि विवादमा तानिएका छन्। भारतीय रेलवेजका वरिष्ठ इन्जिनियर गौतमकुमार झालाई बच्चनले ऐतिहासिक र सांस्कृतिक मिथिला क्षेत्र हो जुन सीताको जन्मथलोको रुपमा परिचित छ त्यो कुन प्रदेशमा पर्छ? भनि सोधेको प्रश्नमा चार विकल्प दिएका छन्। जसमा पहिलो विकल्प उत्तरप्रदेश, दोस्रोः विहार, तेस्रोः झारखण्ड र चौथोः उत्तराखण्ड उल्लेख छ। जब कि रामायणको कथामा उल्लेख भएअनुसार मिथिला नरेश राजा जनककी छोरी सीताको जन्मथलो मिथिला राज्य हो जुन नेपालको तराई जिल्ला धनुषास्थित जनकपुरधाममा पर्दछ। केही समयअघि पनि अमिताभ बच्चनले यही कार्यक्रममा एक करोडका लागि सोधिएको १५औं प्रश्नमा आसामको राजधानी गुहाटी भन्ने उत्तर राखेपछि भारतीय संचारमाध्यमले बच्चन र उनको कार्यक्रम संचालनमा संलग्न प्रतिनिधिहरुको अध्ययनमा चर्को आलोचना गरेका थिए।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update