गैरकानूनीरूपमा सिरियामा रहँदै आएका सबै विदेशी सैनिकले तत्काल सिरिया छोड्नुपर्ने रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले बताएका छन् ।
सिरियामा विदेशी सेनाले गैरकानूनीरूपमा अखडा जमाउँदा यहाँका नागरिकले दोहोरो मार खेप्नुपरेको शनिबार प्रकाशित एक रूसी पत्रिकालाई दिइएको अन्तवार्तामा उनको धारणा थियो ।
उनले सिरियाली भूमिमा रहेको विदेशी सैनिकलाई सङ्केत गर्दै भने, “कुनै पनि सार्वभौम भूमिमा गैरकानूनीरूपमा तैनाद गरिएका सबै विदेशी सैनिक फिर्ता गर्नुपर्छ । रूस यसमा कटिवद्ध छ ।”
पूटिनले शनिबारका लागि रूसी न्यूज च्यानल आरटी, बेलायतको स्काई न्यूज र साउदी अरबको लगानीमा सञ्चालित अल अरेविया च्यानलसँगको कुराकानीमा भने, “दमास्कसले रूसी सहयोग नचाहेमा रूसले आफ्नो सैनिकलाई सिरियाबाट हटाउन तयार छ ।”
सिरिया अन्य मुलुकको सैनिक उपस्थितिबाट स्वतन्त्र हुन चाहेमा स्वतन्त्र हुन दिनुपर्छ । उहाँले थप्नुभयो, “सिरियाको भौगोलिक अखण्डतालाई पूर्णरूपमा स्थापित गरिनुपर्छ । यसबारे आफूले टर्की, इरान तथा अमेरिकाका सहयोगी मुलुकहरूसँग खुलारूपमा छलफल गरिसकेको पनि बताए ।(रासस÷सिन्ह्वा)
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय