हिमाल दैनिक
मोदी र चिनियाँ राष्ट्रपति सीबीच दुई देशबीचको मतभिन्नतालाई कम गर्ने सहमति
modi and xi jing ping
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ को शुरू भएको शनिबार बताएका छन् । जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने बिषयमा प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी चिनपिङबीच चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन चेन्नईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा एक्ला एक्लै भेटवार्ता भएको हो । दुई नेताबीच विगत १८ महिनामा भएको यो दोस्रो भेटवार्ता हो । उहाँहरूबीच करिब डेढ बर्ष पहिले चीनको उहानमा भएको शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्न इमान्दार प्रयास जारी राख्ने सहमति भएको छ । “भेटवार्तामा दुवै पक्षले विवेकसम्मतरूपमा कुनै पनि बिषयमा रहेका मतभिन्नतालाई व्यवस्थापन गर्ने सहमति बनेको छ,” भारत सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले थपेयो, “उहान सम्मेलनले हाम्रो सम्बन्धमा नयाँ स्वरूप र बढ्दो स्थायित्व प्रदान गरेको छ । हाम्रो चेन्नई दृष्टिले चीन र भारतबीच सहकार्यको नयाँ युगको थालनी गरेको छ ।” राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमण्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए । अमेरिकासँग संरक्षणवादी नीति लिएका दुवै मुलुकले आपसी बजारका लागिसमेत व्यापक पहँुच विस्तार गर्ने सहमति भएको बताइएको छ । यसबाहेक चीनले भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार, आतङ्कवाद विरोधी अभियान, क्षेत्रीय सुरक्षाको प्रत्याभूत गर्नेलगायतका बिषयमा पनि छलफल भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।(रासस÷एएफपी)
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update