पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको अन्ताराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्।
मंगलबार पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ३५० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ।
मंगलबार अपरान्ह् गएको भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको छ।
भुकम्पको झड्का पूर्वी पाकिस्तान र भारतमा समेत महशुस भएको थियो। नेपाल, भारत, पाकिस्तानको रेन्जमा पर्ने यो भूभाग भूकम्पिय जोखिमको क्षेत्रका रुपमा परिचित छ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय