नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु दुई अर्ब ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।
आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै रु एक अर्ब ८५ करोड बराबरको टे«जरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय