हिमाल दैनिक
एनसीसी बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता
NCC and medicity
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्क सहुलियत दिने विषयमा सम्झौता भएको छ। एनसीसी बैंकले जारी गरेको विज्ञप्ति अनुसार, हालै बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले नेपाल मेडिसिटि अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन्। बैंकका ग्राहकहरmले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने विज्ञप्तिमा उल्लेख छ। बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update