सुनको भाउ आज ७ सय सय रुपैयाँले घटेको छ। बिहिबार प्रति तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार भने ६९ हजार ९ सय रुपैयाँ भएको छ।
नेपालीहरुको महान चाड दशैँ, तिहार र छट सकिएसंगै सुनको भाउ ओरालो लाग्दै आएको छ। यस हप्ता आइतबारबाटै सुनको भाउ क्रमशः घट्दै आएको छ। आइतबार ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार २०० रुपैयाँले घटेर ७१ हजारमा कारोबार भएको थियो।
त्यस्तै मंगलबार पनि २०० रुपैयाँले घटेर प्रतितोला ७० हजार ८ सय रुपैयाँमा करोबार भयो। बुधबार भने सुन प्रतितोला ६ सय रुपैयँले घटेर ७० हजार २०० रुपैयाँमा पुगेको थियो।
यस हप्ता सुन बिहिबार मात्र उकालो लाएको थियो। अघिल्लो दिन ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहिबार भने ४०० रुपैयाँ बढेर ७० हजार ६०० रुपैयाँ पुगेको थियो।
तर आज भने सुन फेरी ७०० रुपैयाँले घटेर ६९ हजार ९०० रुपैयाँमा कारोबार भईराखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको भाउ आज प्रति तोलामा ८ सय ३५ रुपैयाँमा कारोबार भईराखेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय