हिमाल दैनिक
एलजीको नयाँ शोरुम पेप्सीकोलामा पनि
viber_image_2019-10-25_13-17-33(1)
सी.जी. इलोक्ट्रोनिक्स कम्पनीले भ्याली डिजिटल नामको आफ्नो नयाँ शोरुम पेप्सीकोलास्थित सूर्यमुखि चोकमा खोलेको छ। नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तर्गत सञ्चालित सी.जी.को एलजी ब्राण्डले एकै ठाउ“मा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउदै जाने कम्पनीको मुख्य उद्देश्यले शुक्रबार एक विशेष कार्यक्रम गरी उक्त शोरुम स्थापना गरेको हो। यो नया“ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नया“ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, कुनैपनि एलजी ब्राण्डका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन्। यस कम्पनीले भविष्यमा देशको अन्य भागहरुमा पनि आफ्नो शोरुमहरु बिस्तार गर्दै जाने बताएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update