हिमाल दैनिक
टेक्सटाइल एक्स्पो अबलोकन गर्न पुगेका देउवाले भनेः स्वदेशी उत्पादनमा जोड दिउँ
RoS_Ktm20190921IMG_88171809
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरी स्वदेशी लगानीको वातावरण श्रृजना गर्नु पर्नेमा जोड दिएका छन्। भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पोको शनिबार अवलोकन गर्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन्। उनले घरेलु उत्पादनको बृद्धिका लागि सरकारले वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै यसले विदेशी आयातमा परनिर्भता र चरम व्यापार असन्तुलनलाई घटानउन मद्दत पुग्ने बताए। सभापति देउवाले धागो उत्पादनका लागि ल्याउनुपर्ने कच्चा पदार्थमा कर सहुलियत दिएर स्वदेशी उत्पादनका उद्यमीहरुलाई प्रोत्साहन गर्नु पर्ने पनि बताए। फरक प्रसंगमा शुक्रबार राष्ट्रिय सभागृहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको भाषण नसुनेको भन्ने बिषयबारे प्रतिक्रिया दिँदै मा सभापति देउवाले सभागृहमा माइकको आवाज नसुनिने समस्या रहेकोले राष्ट्रपतिले भनेको हुन सक्ने बताएर राष्ट्रपति भण्डारीको उक्त विवादस्पद अभिव्यक्तिबाट उत्पन्न नकारात्मक प्रतिक्रियालाई शान्त पार्ने कोशिश गरे। नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले पाँचदिने प्रदर्शनीको आयोजना गरेको हो। हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ। पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ। धागो भने वार्षिक रु ११ अर्बको निर्यात हुने गरेको छ। विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्न सकिने व्यवसायीको भनाइ छ। चोरी पैठारी र न्यून बिजकीकरणको समस्याले पनि नेपाली कपडा उद्योगलाई असर गरेको छ। यसलाई रोक्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन्। आइतबारसम्म चल्ने प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति छ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update