हिमाल दैनिक
उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फछ्र्योट
uchha adalat biratnagar
उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५÷७६ मा दुई हजार ४८२ थान मुद्दा फछ्र्योट गरेका छ । अदालतले गत आवमा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेका ९५६ गरी जम्मा चार हजार ४२४ मुद्दामा ५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए। मुद्दा फछ्र्योट हुन बाँकी रहेका मुद्दामा दुई वर्ष नाघेका २१, १८ महिनादेखि दुई वर्षभित्रका ५३, एक वर्षदेखि १८ महिनासम्मका ११०, नौ महिनादेखि एक वर्षभित्रका ३५५ र नौ महिनाभित्रका एक हजार ४०३ थान रहेका छन् । अदालतले गत आर्थिक वर्षमा दुई हजार २८५ मुद्दा दर्ता हुने अनुमान गरेकोमा एक हजार १८३ मुद्दा बढी दर्ता भएको फछ्र्योटको प्रतिशतमा कमी आएको जनाएको छ । यसरी दर्ता भएका मुद्दामा सबैभन्दा बढी सम्पत्तिसम्बन्धी लेनलेनदेनका ९२९, लागू औषधका ४१३, मेलमिलापमा ३९८, महिला पक्षका ३९२, ज्यानसम्बन्धी ३१०, करणीसम्बन्धी २६१, लिखतसम्बन्धी कसूरका २२४, चोरी तथा डकैती २०२, मोहीसम्बन्धी २५३ र बहुविवाहसम्बन्धी ७४ थानलगायतका मुद्दा दर्ता भएका थिए । अदालतले चालु आर्थिक वर्ष २०७६÷७७ मा नयाँ मुद्दा दुई हजार ८४९ र गत आर्थिक वर्षको जिम्मेवारी सरेको एक हजार ९४२ गते कूल चार हजार ७९० मा तीन हजार ३६६ फछ्र्योट गर्ने लक्ष्य लिएको छ । यसरी फछ्र्योट गरिने मुद्दामा प्रतिइजलास ६७४ मुद्दा रहने रजिष्ट्रार कट्टेलले जानकारी दिए । अदालतले आव २०७३÷७४ मा तीन हजार ८३५ मुद्दा दर्ता भएकोमा दुई हजार ३९१ अर्थात ५६ं७३ प्रतिशत फछ्र्योट भएको थियो । यस्तै आव २०७४÷७५ मा तीन हजार ३५२ मुद्दा दर्तामध्ये दुई हजार ३९६ अर्थात ७१.४७ प्रतिशत फछ्र्योट भएको रजिष्ट्रार कट्टेलले बताए । विराटनगरस्थित उच्च अदालतको कार्यक्षत्र मोरङ र सुनसरी रहेको छ ।रासस
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update