हिमाल दैनिक
प्रदेश प्रमुखद्वारा पदभार ग्रहण
mirlakumari panta
सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख शर्मिलाकुमारी पन्तले आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गरेपछि कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै पन्तले प्रचलित कानूनअनुसार आफूले पाएको जिम्मेवारी र कर्तव्य पूरा गरिने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन,“सबैको सहयोग प्राप्त हुनेछ ।” यसअघि उनि प्रदेश प्रमुखको कार्यालयका पुग्दा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका उपसभामुख, र सदस्य, प्रमुख सचिव र अन्य सचिव, प्रदेश प्रमुखको कार्यालयका कर्मचारीलगायतले स्वागत गरेका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update