हिमाल दैनिक
सङ्घीयता कार्यान्वयनमा महिलाको उल्लेखनीय सहभागिता हुनुपर्छ – अधिकारी
MD-Biratnagar-State1ProgrammeSubodhad
प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सङ्घीयताको कार्यान्वयनमा महिलाको उल्लेखनीय सहभागिथ हुनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय, मानवअधिकार रक्षक र मानव अधिकार सञ्जालद्वारा आज यहाँ आयोजित आफ्नो स्वागत, सम्मान तथा बधाई एवं मानव अधिकार तथा मानवीय अवस्था विषयक कार्यक्रममा उहाँले पछिल्लो १० वर्षको अवधिमा महिला विकासमा उल्लेखनीय प्रगति भएकामा खुशी व्यक्त गरे। “लोकतन्त्र र गणतन्त्र स्थापनाका साथै सामन्तवाद अन्त्यका लागि महिला अधिकारकर्मीको ठूलो भूमिका रहेको हुनाले राज्यले यसलाई ठूलो शक्तिका रुपमा बुझेको छ”, उनले भने । प्रदेश प्रमुख अधिकारीले मानवअधिकार रक्षाको निम्ति कार्यरत अधिकारकर्मीले राज्य विवादमा जाने कुराप्रति सचेत रहनुपर्ने चर्चा गर्दै दुर्गम तथा दलित बसोबास गर्ने क्षेत्रमा विकास नहुँदा उनीहरुको मानवअधिकार हनन हुनसक्ने बताए । राज्यले राष्ट्रिय मानवअधिकार आयोगको गठन जनताको मानवअधिकार रक्षाका लागि गरेको भन्दै उहाँले यसमा रहेका कमीकमजोरी लागि सुधार गर्दै लानुपर्नेमा जोड दिए। प्रदेश नं १ योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले महिलाको विकासमा ध्यान केन्द्रित गर्दा तीन चौथाइ विकास भएको विश्वका धेरै राष्ट्रमा देखिएको बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update