हिमाल दैनिक
आलमले इट्टाभट्टामा जलाएर मारेकाे भनिएका ओशि विदेशमा जिउँदै!
samajbadi party
प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अफताब आलमको केसले नयाँ मोड लिएको छ। १२ बर्ष अघि इँट्टाभट्टामा जिउँदै जलाइएका भनिएको ओशि अख्तर जिउँदै भएको खुलासा भएको छ। शुक्रबार ओशिकी पत्नी अमना खातुनले जिल्ला अदालत पुगी निवेदन दिएकी छिन्। अमनाले अदालतमा गई उनको पति वैदेशिक रोजगारीमा रहेको भन्दै निवेदन दिएपछि यो मुद्दाले नयाँ मोड लिएको छ। २०६४ सालको पहिलो संबिधान सभाको निर्वाचनको अघिल्लो दिन चैत २७ गते रति आलमले ओशि अख्तर र त्रिलोक सिंहलाई जिउँदै ईटा भट्टामा हाली जलाएको भन्दै गत साता सरकारी वकिल कार्यलयले आलमबिरुद्ध मुद्दा दर्ता गरेको थियो। शुक्रबार रौतहट जिल्ला अदालतमा जारी थुनछेक बहस जारी थियो। आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटी मा छोड्ने वा तारिकमा छोड्ने भन्ने कुराको बहस चल्दै गर्दा मृतक भनिएको ओशिकी पत्नीले आफ्नो पति जिउदै रहेको खुलासा गरेपछि यो मुद्दाले नयाँ मोड लिएको छ। तर अदालतले भने उक्त निवेदन अस्विकार गर्दै पछि हेर्ने बताईएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update