हिमाल दैनिक
नेकपाका बागी उम्मेदवारले बाग्लुङमा हेलिकप्टर चार्टरको पैसासँगै जनमोर्चाका उम्मेदवारको सातो उडाए
sherman gharti
बाग्लुङ्ग निर्वाचन क्षेत्र नं (२) को प्रदेश सभा (ख)मा हुन लागेको प्रदेश सभाको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीचको तालमेलमा नेकपाका नेता शेरमान घर्तीको उम्मेदवार फिर्ता गराउन भएको अथक प्रयासमा समयले पनि साथ दिएन। उक्त प्रदेशबाट निर्वाचन जनमोर्चाका सांसद टेकबहादुर घर्तीको अघिल्लो वर्ष मंसिरमा मृत्यु भएपछि रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा पार्र्टी निर्णयको विरुद्धमा उत्रिएका नेकपाका घर्तीको उम्मेदवार फिर्ता गराउन आइतबार पार्टी नेताहरुले सबै उपाय प्रयोग गर्दा पनि निर्धारित समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्न नसक्दा लाखौं रुपैयाँको प्रयास व्यर्थमै गयो। यसअघिको निर्वाचनमा जस्तै नेकपा र जनमोर्चाबीच भएको तालमेल बमोजिम बाग्लुङमा नेकपाले जनेमोर्चाका खिमविक्रम शाहीलाई समर्थन दिने निर्णय गर्दै उम्मेदवारी दिएन। तर, नेकपाकै जिल्लास्तरिय नेता घर्तीले पार्टी निर्णयको विरुद्ध गएर कार्तिक २१ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराए। उनको उम्मेदवारीले पार्न सक्ने नकरात्मक प्रभावलाई मध्यनजर गर्दै नेकपाका केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरुले विगत तीन दिनदेखि घर्तीलाई फकाउन अनेक उपाय लगाए। अन्तःत आइतबार घर्तीलाई उम्मेदवार फिर्ता गराउन नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले हिन्दी फिल्मको शैलीमा उनलाई हेलिकप्टरमा चढाएर निर्वाचन कार्यालयसम्म त पुर्याए। तर, समयले नेटो काटिसकेको उनलाई पत्तै भएन। ढोरपाटन नगरपालिकाका मेयरले चढ्ेका प्रभु एयरको हेलिकप्टर चार्र्टर गरेर सापकोटा लगायतका केही नेताले घर्तीलाई उम्मेदवारी फिर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउँदा निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय अपरान्ह १ बजेभन्दा ढिला भएपछि अधिकृतको कार्यालयबाट औपचारिक रुपमा उम्मेदवारी फिर्ता गराउने प्रयास विफल भयो।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update