नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गरेका छन् । भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गर्नुभएका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर पनि लिएका थिए ।
चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका सम्पदाको अवलोकन भ्रमण गरेका उनले आफ्नो तस्वीर नखिंच्न पत्रकारलाई आग्रह गरेका थिए । उनले आफूलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर अवलोकन गर्न दिन आग्रह गर्दै तस्वीर नलिइदिन अनुरोध गरेको एक सुरक्षाकर्मीले जानकारी दिए । भक्तपुर घुम्न पाउँदा अत्यन्त खुशी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताए ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय