जबरजस्ती करणीको प्रयास गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
पीडितको जाहेरी र चौतर्फी दबाबपछि असोज १९ गते साँझ पक्राउ परेका महराको रक्तचाप र मधुमेहका कारण बिहीबार अपरान्ह स्वास प्रश्वासमा समस्या आएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले बतायो।
संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्य कर्मचारी रोशनी शाहीको डेरामा गएर असोज १२ गते साँझ जबरजस्ती करणीको प्रयाससँगै हातपात गरेको आरोप लगाउँदै शाहीले नयाँ वानेश्वरस्थित प्रहरी कार्यालयमा जाहेरी दिएपछि सभामुख पदबाट राजीनामा दिएर नेकपाको नेता तथा सांसदमात्रै रहेका महरालाई प्रहरीले असोज १९ गते साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो।
दशैंको चाडको समयमा अदालत खुल्न समय लाग्ने भएपछि महरालाई त्यसदिनदेखि अदालत नखुल्दासम्म थुनामै राखेर त्यसपछि थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय