हिमाल दैनिक
समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्वमाओवादी नेता बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बचाउन पीडित महिलाको वली चढाउने कार्य भएको भनि प्रतिक्रिया दिएका छन्। संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीको डेरामा गएर जबरजस्ती करणी तथा हातपात गरेको आरोप लागेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको निर्देशन बमोजिम पदबाट राजीनामा दिएका महरा र उनको पार्टीप्रति लक्षित गर्दै भट्टराइले गम्भीर आरोपसहितको प्रतिक्रिया दिएका छन्। पीडित भनिएकी महिलाले मंगलबार वयान फेर्दै महराको बचाउ गरेको घटना र त्यसलगत्तै बिहीबार निजले आफ्ना श्रीमान चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढेकोे जानकारी बाहिर आएपछि भट्टराइले ट्वीटरमार्फत सत्तारुढ नेकपा र पूर्वमाओवादीप्रति व्यंग्यवाण चलाएका हुन्। नेता भट्टराइले महराप्रति लक्षित गर्दै उनी सत्ता र शक्तिको धाकमा परस्त्रीगमन गरेको र त्यो भेद खुलेपछि पीडित महिलालाई फकाएर र धम्काएर वयान फर्न लगाई आफ्नो टाउको बचाउन लागेको आरोप लगाएका छन्। साथै उनले परपुरुषगमन गरेवापत पीडितको श्रीमानले उनैलाई सम्बन्ध विच्छेदको नाममा घर निकाला गरेको भन्दै रामायणमा सीताको वली चढाएजस्तै महिलाको वली चढाउने चलन कहिलेसम्म रहन्छ भनि सत्तापक्षलाई प्रश्न गरेका छन्। ‘सत्ताशक्तिको धाकमा एउटा पुरुषले परस्त्रीगमन गर्ने! भेद खुलेपछि ती स्त्रीलाई नै फकाएर÷धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने! परपुरुषगमन गरेवापत अर्को पुरुष÷लोग्नेले घरनिकाला गर्ने! यो राम–रावण द्धन्द्धमा सीतालाई वली चढाउने चलन कहिलेसम्म? यहि हो महिला मुक्ति÷सांस्कृतिक क्रान्ति, कणहरु?’ भट्टराईले ट्वीटरमार्फत भनेका छन्। https://twitter.com/brb1954/status/1179633953579261952
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update