निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको पाँच दिने जीवनमा लगातार चारवटा गम्भीर घटना घटेका छन्।
गत आइतबार आफ्नै डेरामा पूर्वसभामुख महरा मदिरा लिएर गई आफूमाथि जबरजस्ती करणी र हातपात गरेको भन्दै सोमबार सञ्चारमाध्यमबाट एकाएक चर्चामा आएकी शाहीले मंगलबार महरालाई सभामुख पदबाट कोपभाजन गराइन्।
त्यसलगत्तै अर्को मिडियामार्फत वयान फेरेर उक्त घटनालाई राजनीतिक मोड दिएकी शाहीले एकाएक बिहीबार आफ्नो श्रीमान चित्रजंग शाहीसँग सम्बन्ध विच्छेद गरेको पत्र सार्वजनिक गरेपछि यसले नेपाली समाजमा नयाँ बहसको श्रृजना गरेको छ।
बिहीबार चित्रजंग शाही र रोशनी शाहीले एउटा नेपाली कागजमा हातले घरायसी कागज मार्फत आफूहरुबीच सहमतिकै आधारमा अलग अलग बस्ने निर्णय गरेको फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
उक्त कागजमा शाही दम्पत्तिले भनेका छन्, ‘प्रिय जनहरु, थुप्रै उतार चढावका बिच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते। समयको गति सँगै असहमति, असन्तुष्टि आउँदोरहेछन्। तथापी खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौँ। कानूनी प्रक्रियाको निरन्तरताका साथ।’
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय