प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एउटा मेजर अपरेशन पश्चात पनि उठेर बोल्न सक्ने र समाचार हेर्न सक्ने अवस्थामा रहेको बताएका छन्।
https://www.facebook.com/himaldainik/videos/2457931931150668/
एपेण्डिसाइटिसको अपरेशन र मृगौलाको समस्याका कारण पटक पटक डायलाइसिस गरिरहेका प्रधानमन्त्री ओलीले सोमबार अस्पतालको बेडबाटै एउटा भिडियो रेकर्ड गर्दै आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरे।
उनले सार्वजनिक गरेको भिडियोमा प्रधानमन्त्री अोलीले भनेका छन्, ‘कसैलाई पनि सूचना र समय दिएर रोग आउँने रोग होइन। अचानाक आइलाग्छ। मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ। यदि त्यो मात्रैमा सिमित भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फेक्सन भएको कारण त्यसलाई हटाउन केही समय हप्ता दशदिन लाग्यो।’
उनले एउटा मेजर अपरेशनपछि पनि आफू उठेर बोल्न र साथीहरुसँग कुरा गर्न तथा समाचार पनि हेर्न सक्ने अवस्थामा भएको बताएका छन्।
साथै उनले हिँजो आफूले अन्यौलताबीच सुरु भएको साग गेमको राष्ट्रबाट भएको उद्घाटन कार्यक्रम हेरेको बताउँदै त्यसलाई सफलता पूर्वक सम्पन्न गर्न सबै समक्ष आग्रह गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय