हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् । नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा उनले यसका लागि सबै एकजुट हुनु पर्ने आवश्यकता औल्याए। अध्यक्ष प्रचण्डले उत्तेजना र आवेगमा नआई राष्ट्रिय एकताकासाथ अगाडि बढ्न सबैमा आह्वान गरे। सीमा विवाद वार्ता र संवादबाट समाधान गरी आफ्नो भूमिको रक्षा गर्नु पर्ने उनको भनाई छ । जनमत सृजना गर्न सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने भन्दै उहाले आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे । उनले नेपाल र चीनबीच आर्थिक, सामाजिक, साँस्कृतिक पुरानो सम्बन्ध रहेको भन्दै दुई देशबीचको सम्बन्ध दीर्घकालीन बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताए। उनले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा जोड दिए। https://www.facebook.com/himaldainik/videos/524847441694544/ प्रचण्डले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको भन्दै हालै सी चिनपिङ र मोदीबीच भएको ‘टु प्ल्स वान’ अवधारणा उपयुक्त नहुने जिकिर पनि गरे। अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको बताए। त्यस्तै उहाले आफु छिटै चीन भ्रमणमा जाने जानकारी दिनुभयो । कार्यक्रममा नेपाल–चीन सम्बन्ध र नेपालको भूमिकाका बिषयमा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, बरिष्ठ पत्रकार तीर्थ कोइराला, युवराज घिमिरेलगायतले कार्यपत्र पेश गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update