हिमाल दैनिक
भ्रमण गर्ने तालिका छोट्टाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुसबाट शुक्रबार स्वदेश फर्केका छन्। ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका रहेपनि उनि शुक्रबार नै स्वदेश फर्केका हुन्। स्वदेश फर्केपछि त्रिभुवन बिमानस्थलमा उनले देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर स्वदेश फर्केको जानकारी दिए। ज्ञवालीले रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको पनि बताए। त्यस्तै रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन निम्तो दिइएको उनले जानकारी दिए। उनले रुस भ्रमणको क्रममा आफूले उद्धारका लागि र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको लागि कुरा गरेको रुसी नेताहरु सकारात्मक देखिएको पनि बताए। सांघाई कोअपरेसन फोरमको पूर्ण सदस्यताका लागि नेपाललाई सहयोग गर्न पनि रुसलाई आग्रह गरेको मन्त्री ज्ञवालीले जानकारी दिए। रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न मन्त्री ज्ञवाली रुसको राजधानी मस्को प्रस्थान गरेका थिए। https://www.facebook.com/himaldainik/videos/419441258963551/
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update