हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको हो। ओलीको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहानदेखि पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल ल्याइएको बताए । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन १२:४५ बजे सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।उनको शल्यक्रिया रमेश सिंह, दिव्य सिंहलगायत चिकित्सक टोलीले गरेका थिए । https://www.facebook.com/himaldainik/videos/2549420268678448/?t=0 प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी थिए । उनको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ ग्रान्डी अस्पतालमाचौ थोपटक हेमोडायलसिस गरिएको थियो। गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update