हिमाल दैनिक
केही दिनअघि मात्रै पुष्पकमल दाहाललाई पार्टीको कार्यकारी अध्यक्षको अधिकार दिएर सरकारको पूरा कार्यकाल आफैले लिने सहमति गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलि फेरेपछि दाहाललाई अर्को झड्का लागेको छ। प्रधानमन्त्री ओलीले सोमबार कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रमको अन्र्तवार्तामा पार्टी अध्यक्ष दाहाल भन्दा आफू नै वरिष्ठ भएकोले आफू प्रथम अध्यक्ष र त्यसपछि दाहाल द्धितीय अध्इक्ष भएको बताए। पहिले पहिले जहाजका दुई पाइलट भनेर आफूहरुबीच समान हैसियत रहेको बताउँदै आएका ओलीले हिँजो अन्र्तवार्तामा भने आफू प्रथम अध्यक्ष र दाहाल द्धितीय अध्यक्ष भएको बताएर उनलाई कार्यकारी अधिकार नभइ कोपाइलटको हैसियतमा झारिदिए। नेकपा सचिवालय बैठकले ओली र दाहालाई समान वरियता दिँदै दाहाललाई कार्यकारी अधिकार दिने निर्णय गरेको भनिएपनि ओलीले समान वरियतामा समानता नरहेको स्पष्ट पारे। अध्यक्ष भन्ने पद आफैमा कार्यकारी भएकाले निस्कृय र सक्रिय अध्यक्ष भन्ने नहुने तर्क प्रधानमन्त्री ओलीको छ। उनले आफु सरकारतिर र दाहाल पार्टीमा बढी केन्द्रीत हुने बाहेक नयाँ वरियता र जिम्मेबारी परिवर्तन केही नभएको भन्दै यसअघि भएको भनिएको निर्णयलाई हावा खुलाइदिए। आफूले नचाहेको र नभएको बेलामा दाहालले बैठकको अध्यक्षता गर्ने प्रधानमन्त्री ओलीको आसय छ। कान्तिपुर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले विगतमा सरकारको नेतृत्व आधाआधा गर्ने भनिएको भएपनि अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी भएको जानकारी दिए। उनले भने, ‘अध्यक्ष कार्यकारी नै हुन्छ। दुबै कार्यकारी अध्यक्ष नै हो। यथार्थमा प्रथम म र द्धितीय उहाँ (प्रचण्ड) हुनुहुन्छ।’ प्रधानमन्त्री ओलीले थप स्पष्टिकरण दिदै भने, ‘विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ, सिनियारिटीको हिसाबमा म सिनियर अध्यक्ष हो, उहाँ अर्को अध्यक्ष हो।’ ‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन। म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो। पहिले मैलेमात्रै अध्यक्षता गर्थेँ, अब उहाँले पनि गर्नुहुन्छ। कहिलेकाहिँ मैले पनि गर्छु। उहाँले पनि गर्नुहुन्छ,’ ओलीले भने। जसले जे भनेपनि पार्टीमा सिनियारिटी र जुनियारिटी हुने गरेको बताउँदै दाहाललाई पाँचवर्षको संसदीय अवधिमा प्रधानमन्त्री पदको जिम्मेवारीबाट मात्र होइन पार्टी नेतृत्व र कमाण्डको अधिकारबाट समेत पाखा पार्नेगरी प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि दाहाल पक्ष सशंकित बनेको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update