समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। उपप्रधानमन्त्रीसमेत रहेका यादवले सिंहदरबारस्थित सोमबार कानुन मन्त्रालय पुगेर कानून मन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।
मन्त्री यादवले काम गर्ने मान्छेलाई जुनसुकैमन्त्रालयको जिम्मेवारी दिदा पनि फरक नपर्ने बताए। आफूलाई सबैतिर अनुभव बटुल्न प्रमले स्वास्थ्यबाट कानुनमा पठाएको र यो विषयलाई आफुले समान्य रुपमा लिएको जिकिर गरे। उनले जहा गएपनि सरकारकै काम गर्ने भएकाले सहज रुपमा लिने बताए। मन्त्री यादवले संविधान संशोधन लगायतका कुराहरु बाकी नै रहेकाले यस विसयमा समेत आफुले पहलकदमी चाल्ने बताए।
मन्त्री यादवले राणाकालिन कानूनहरुलाई समेत परिर्माजन गरेर अगाडि बढने बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय