हिमाल दैनिक
वडाध्यक्षको गाडीमा बम विष्फोट
bomb blast
अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए। विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताए । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update