हिमाल दैनिक
हामीले राजतन्त्र, रानातन्त्र,लोकतन्त्र, खसतन्त्र हेर्यौ, आज गणतन्त्र पनि हेरिराखेका छौ,रंगभेद कायमै छ
ck raut
सीके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाममा शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको हो । सो पार्टीले राजधानीको खुल्लामञ्चमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको हो । जारी आमसभामा प्रमुख वक्ताका रुपमा सिके राउत रहेका छन् । सभालाइृ सम्बोधन गर्दै राजतन्त्र, लोकतन्त्रण, गणतन्त्र सबै हेरेपनि देशमा रंगभेद, दमन र विभेद कायम रहेकाले प्रदर्शन गरिएको उनको भनाई छ । उहाँले दमन गरेकाहरु विरुद्ध आत्मसम्मान खोज्न हातमा हात मिलाएर अधि बढ्ने कुरामा आफूहरु अधि बढ्ने बताए । सीके राउतले आमसभामा सहभागी गराउनका लागि तराई मधेशबाट आफ्ना कार्यकर्ता उतारेका छन् । मधेशीलगायतका समुदायमाथि रङ्गको आधारमा हुने विभेदलाई रङ्गभेद भन्दै अध्यक्ष राउतले त्यसको विरोधमा काठमाडौमा आमसभा गरेको जनाइएको छ । उक्त कार्यक्रममा सहभागिताका लागि विभिन्न स्थानबाट निकालिएको जुसुलका क्रममा सिके राउत समेत सहभागी भएका थिए । प्रदर्शनमा सहभागीहरुले नो रेसिजम लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।सरकारसँग सम्झौता गरेर मुलधारको राजनीतिमा आउनुभएका राउतले जनमत पार्टी बनाउनुका साथै १४ मंसिरमा हुने उपचुनावमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी समेत दिइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update