हिमाल दैनिक
भ्रष्टाचारीलाई सरकारको संरक्षण छ: शाह
bharat kumar shah
लेखा समितिका सभापति भरत कुमार शाहले सरकारले नै भष्ट्रचारीलाई प्रोहोत्साहन गरिरहेको आरोप लगाएका छन्। रिपोर्टर क्लव प्रदेश ५ बुटवल शाखाले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शाहले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको बताएका हुन् । उनले मुलुकमा बढिरहेको आर्थिक बिसंगती रोक्नु पर्ने सरकारको दायित्व भएपनि सरकार आफ्नो दायित्वबाट पंछिरहेको बताए। हरेक क्षेत्रमा ट्याक्स बढाएर सरकारले उद्योग धन्दा नै धारासायी बनाएको उनले आरोप लगाए। अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको अन्त शुल्कको स्टीकर छपाइको टेण्डर बिदेशी कम्पनीलाइ दिएकोमा आक्रोस पोख्दै सभापति शाहले त्यसमा पनि ठूलो चलखेल भएको आरोप लगाए। उनले यस्को टेण्डर नेपाली कम्पनीलाई नै दिनुपर्ने जिकिर गरे। सभापति शाहले सरकारले गरेका एकएक कामको लेखाजोखा भैरहेको भन्दै कुनैपनि पदमा रहेका वा नरहेका कसैलाई पनि आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नभएको जिकिर गरे । उनले देशमा आर्थिक मन्दीको अवस्था रहेको जिकिर गरे।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update