श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट हटाइएका गोकर्ण विष्टले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाको पक्षामा इमान्दारीपूर्वक काम गरेको बताएका छन् ।
बिहीबार नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका विष्टले पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक काम गरेको पनि बताए । अहिले आफू मन्त्रीबाट बाहिरिपनि थप उर्जा र प्रेरणाका साथ बाहिरिएको बताए। मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गरेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरे ।
उनले मन्त्रालयमा कार्यरत कर्मचारीलाई पद क्षणिक हुने भएकाले जहाँ रहेपनि आफ्नो कर्तव्य र जिम्मेजारीलाई सफलता पूर्वक पूरा गर्न जरुरी रहेको बताए । गरिबी र अभावमा बाँचिरहेका युवाहरु, जोखिमपूर्ण रुपमा काम गरिरहेका श्रमिकहरुको सुरक्षामा काम गरेको र गर्नुपर्ने उल्लेख गरे ।
उनले आफ्नो कार्यकालमा विभिन्न किसिमका नीतिहरु निर्माण गर्नुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लाखौ युवालाई रोजगारीको व्यवस्था गरेको बताए । उनले मन्त्रालयमा आफ्नो कार्यकालमा गरिएका कामकारबाहीबारे पनि जानकारी गराएका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय