हिमाल दैनिक
नवनियुक्त सामान्य प्रशासनमन्त्री त्रिपाठी सम्हाल्दै
hridesh
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले कार्यभार ग्रहण गरेका छन् । सूर्य चिन्हमा चुनाव लडेर स्वतन्त्र सांसद भन्न रुचाउने त्रिपाठीले आज राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरबार स्थित कार्यालयमा कार्यभार ग्रहण गरेका हुन्। कार्यभार ग्रहण गर्दैै मन्त्री त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता स्थानीय तहमा आर्थिक अनियमितता देखिएको र त्यसलाई व्यवस्थित गर्नु रहेको बताएका छन् । स्थानीय तहमा जनप्रतिनिधि पनि नयाँ र कर्मचारी पनि नयाँ रहेकाले ठूलो मात्रामा गएको रकम पारदर्शी रुपमा खर्च हुन नसकेको अवस्था रहेको उनको भनाई छ । यस्तै संसदीय समितिमा अल्झिएको संघीय निजामति ऐनलाई निष्कर्षमा लैजाने तथा कर्मचारी समायोजनको काम पूरा गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको मन्त्री त्रिपाठीले बताए । नवनियुक्त मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारीहरु लामबद्ध भएर उभिएका थिए । उनीहरु फूलमाला, फूलका गुच्छा र खादासहित लाइनमा उभिएका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update