राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्ति मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ दिलाएकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको करिब करिब दुई वर्ष पुग्न लाग्दा मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकनको नाममा ६ जना मन्त्रीहरुलाई बुधबार राती पदमुक्त गर्दै रिक्त रहेको पदमा सूर्य चिन्हमा चुनाव लडेर स्वतन्त्र सांसद भन्न रुचाउने हृदयश त्रिपाठीसहित ६ जनालाई मन्त्री पदमा नियुक्तिको सिफारिस गरेपछि बिहीबार शीतल निवासमा पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्।
यसरी मन्त्री पदको सपथ लिनेहरुमा त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाल कृषि तथा पशुपंक्षी विकास, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, पार्वत गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका छन्।
यसरी पद तथा गोपनीयताको सपथ लिने क्रममा त्रिपाठीले कुर्ता सलवार र चप्पलमा र भट्टले सर्ट, पाइन्ट र कोटमा सपथ लिएपनि बाँकी सबैले दौरा सलवारमै सपथ लिएका थिए।
यसैगरी राष्ट्रपति भण्डारीले तीन जना राज्यमन्त्रीमा सिफारिस भएका सदस्यहरुलाई पनि पद तथा गोपनीयताको सपथ दिलाएकी छिन्।
यसरी सपथ लिनेहरुमा मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति, नवराज राउत स्वास्थ्य तथा जनसंख्या र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री रहेका छन्।
यसअघि प्रधानमन्त्री ओलीले लालबाबु पण्डित, मातृका यादव, बलदेव खनाल, गोकर्ण विष्ट, रघुवीर महासेठ, थममाया थापालाई मन्त्री पदबाट हटाएका थिए।
[caption id="attachment_78090" align="alignnone" width="900"] प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित समारोहमा नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिरः प्रदीपराज वन्त/रासस[/caption]
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय