प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन्।
'नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ,' राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपन्छीविकास चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी मन्त्रीबाट हटाइएका छन्।
महासेठ, थापा र पण्डित पूर्व एमालेबाट मन्त्री बनेका हुन् । यादव, खनाल र चौधरी पूर्व माओवादी कोटाका हुन् ।
यसैगरी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। भारत भ्रमणमा रहेका यादवले यसको जानकारी पाएलगत्तै निकटस्थसँग असन्तुष्टि जनाइसकेका छन्।
ओली मन्त्रिमण्डलमा भोलि नयाँ मन्त्रीहरुले सपथ खाँदैछन् । जसमध्ये घनश्याम भुषाल पहिलोपटक मन्त्री बनेका छन् । भुषाललाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ। यस्तै वसन्त कुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथ यातायात मन्त्रालयको जिम्मेवारी दिँदा पार्वत गुरुङलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ।
सूचीमा पूर्व माओवादीबाट लेखराज भट्टको प्रवेश भएको छ। उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइएको छ। यस्तै उद्योगपति मोती दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको सूची राष्ट्रपति कार्यालय पुगेको छ ।
सूर्य चिन्ह लिएर चुनाव लडेका मधेश केन्द्रित नेताहरु हृदयश त्रिपाठी र रामेश्वर राय यादव पनि मन्त्री बनेका छन् । त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ। उनीहरुको सरकारमा सहभागितालाई अर्थपूर्ण मानिएको छ ।
हेर्नुहोस् को को भए मन्त्रीहरू
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय