नेकपा सचिवालयको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच बर्ष प्रधानमन्त्री पद दिने निर्णय गरेको छ।
सचिवालय बैठकले अध्यक्ष केपीशर्मा ओली पूरा कार्यकाल प्रधानमन्त्री बन्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालने निर्णय गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष प्रचण्ड पार्टीका काममा केन्द्रिीत हुने प्रवक्ता श्रेष्ठले जनकारी दिए । सचिवालय बैठकमा नयाँ बन्ने मन्त्रीहरुका विषयको छलफल नभएको श्रेष्ठले बताए।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय