उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पद नछोड्ने निर्णय गरेकी छिन्। मन्त्रिमण्डल पुर्नगठनमा अप्ठारोमा परेका प्रधानमन्त्री ओलीले आज उपसभामुख तुम्बाहाम्फेसामु उपसभामुख पदको साटो मन्त्री पद दिने प्रस्ताव अघि सरेका थिए। तर. उनले प्रधानमन्त्रीको उक्त प्रस्ताव अस्विकार गरेको बताएकी छिन्।
रक्त सभामुखको पदमा नेकपाकै सांसद बनाउन तुम्बाहाम्फेलाई उपसभामुखबाट राजिनामा दिन दबाब दिइएको थियो। एउटै दलबाट सभामुख र उपसभामुख राख्न नपाउने संवैधानिक व्यवस्थालाई नेकपाले बेवास्ता गर्दै आएको थियो।
रोशनी काण्डमा मुछिए लगतै कृष्णबहादुर महराले सभामुखबाट राजिनामा दिए। रिक्तपदमा कसलाई सभामुख बनाउने भन्ने बिषयमा नेकपाभित्र ठुलो विवाद हुदै आएको थियो। यदि तुम्बाहाम्फेले उपसभामुख पद छोडिनन् भने, नेकपाले सभामुख पद अरु दललाई दिनुपर्नेछ।
त्यही जटिलतालाई सुल्झाउन ओलीले तुम्बाहाम्फेलाई मन्त्री पद दिने प्रस्ताव अघि सारेका थिए। तर, तुम्बाहाम्फेले भने आफुले राजिनामा दिए संवैधानिक संकट आउने बताउदै ओलीको उक्त प्रस्ताव अस्वीकार गरेकी हुन्।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय