संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित राज्य व्यवस्था तथा सुशासन समितिमा अनुपस्थित नभएपछि आजको बैठक स्थगित भएको छ। संघीय निजामति ऐन समन्धि छलफलमा आज सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पनि बोलाइएको थियो।
तर मन्त्री पण्डित सहित मन्त्रालयका सचिव र कानुन मन्त्रालयका सचिवपनि बैठकमा उपस्थित नभएपछि बुधबारको बैठक स्थगित भएको छ।
मन्त्रिमण्डलबाट हट्ने सुचीमा मन्त्री पण्डितको नाम पनि रहेको छ। यस्तो चर्चा चलिराख्दा उनि बैठकमा उपस्थित नभएपछि समितिका सदस्यहरुले उनको पद धरापमा परेको अनुमान लागेका छन्।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय