हिमाल दैनिक
नेपालमा प्रधानमन्त्री ओलीको आग्रह भारतमा पुग्दा 'प्रधानमन्त्री ओलीका तेबर'!
kp sharma oli india-01
पछिल्लो समय नेपालमा भारतले गरेको सिमा अतिक्रमणलाई लिएर चर्को बिरोध हुँदै आएको छ। भारतले केहि समय अगाडी सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको सुदूरपश्चिम दार्र्चुलाको सीमानामा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूभागलाई भारतले आफ्नो नयाँ नक्साभित्र पारेको विषयलाई लिएर नेपालमा चर्को बिरोध भएको थियो। भारतको यस्तो रवैयाप्रति आम नेपाली जनताहरु सडकमा उत्रिए भने शिर्ष दलका नेताहरु प्रधानमन्त्री निवाससम्म पुगे।यस बिषयलाई कसैले अन्तराष्टिकारण गर्न पर्नेमा जोड दिए भने कसैले भने यो दुई देशको कुरा भएकोले यसलाई वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए। लामो समय विवादित कालापानी बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकारिक धारणा भने हिजो मात्र दिए। प्रधानमन्त्री ओलीले नेपालको एक इन्च भूमि पनि कसैले मिच्न नसक्ने धारणा राखेका थिए। त्यस्तै उनले भारतलाई आफ्नो सेना फिर्ता लैजान समेत आग्रह गरे। https://www.facebook.com/himaldainik/videos/445793449412199/?t=69 आइतबार नेपालमा प्रधानमन्त्री ओलीले दिएको त्यो अभिव्यक्तिले सोमबार भारतीय संचार मध्यममा तहल्का मच्चायो। नेपालको बिषयमा खासै रुचि नराख्ने भारतीय संचार मध्यमले ओलीको आग्रहलाई ओलीका तेवर,ओलीले किया एलन, Nepal’s PM claims Kalapani area भन्दै आ-आफ्ना न्युजको हेड-लाइन बनाउन भयाए। उक्त बिषयलाई लिएर भारतीय न्युज च्यानल आज-तकको हेड लाइन थियो, "कालापानी पर नेपाल PM ने दिखाए भारत को तेवर- एक इंच जमीन भी नहीं देंगे" [caption id="attachment_77853" align="alignnone" width="643"] तस्विर: आजतक स्क्रिन-सट[/caption] त्यस्तै बि.बि.सी हिन्दी मा,"भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले- 'एक इंच भी ज़मीन नहीं मिलेगी'" [caption id="attachment_77854" align="alignnone" width="734"] तस्विर: बिबिसी स्क्रिन-सट[/caption] डिजिटल पत्रिका दि इन्डियन एक्प्रेसले ,"Nepal’s PM claims Kalapani area" भनेको छ भने स्क्रोल को हेड लाइन थियो,"Nepal prime minister urges India to immediately withdraw its Army from Kalapani" [caption id="attachment_77856" align="alignnone" width="966"] तस्विर: दि इन्डियन एक्प्रेस स्क्रिन-सट[/caption] [caption id="attachment_77855" align="alignnone" width="909"] तस्विर:स्क्रोल स्क्रिन-सट[/caption] मोदी नेतृत्वको सरकारले भने कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूभागलाई अतिक्रमण नगरेको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भने नयाँ नक्साले नेपालसँगको भारतको सीमा परिवर्तन नगरेको बताए। बिभिन्न बिषयमा फरक विचार र धारणा देखिए पनि भारतले मिचेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूभाग र राष्ट्रियताको मामिलामा भने सबै राजीनितिक दलहरु तथा आम नेपाली जनताहरुमा बीचमा एक मत देखिएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update