हिमाल दैनिक
सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने
lalbabu pandit
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन्।प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए। मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्न्तिर सरकार लागेकोसमेत बताए। अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न नसकेको भन्दै उनले अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने बताए। उनले संविधानमा भएको स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई बाँडफाँट गरी दिइने तयारीसमेत भइरहेको जानकारी दिए। प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध भएमात्र सङ्घीयता कार्यान्वयनमा सहज हुने भन्दै प्रतिष्ठानले अहिलेसम्म प्रदेश नं १, प्रदेश नं २, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा तीन तहको अन्तर तह सम्बन्ध कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update