हिमाल दैनिक
सम्भवतः भोलि या पर्सी मन्त्रिमण्डल पुनर्गठन हुने, को को छन् मन्त्री हुने लाइनमा?
nekapa party
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर निश्चित प्राय भएको छ। सत्तारूढ दल नेकपाको आइतबार बसेको सचिवालय बैठकले कार्यसम्पादन राम्रो नभएका केही मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्ने विषयमासमेत छलफल भएको नेकपा उच्च स्रोतले बताएको छ। आइतबारको नेकपा सचिवालय बैठकले मन्त्री फेर्ने प्रधानमन्त्रीको प्रस्तावलाई अनुमोदन गरेसँगै र कार्यसम्पादन र छवी राम्रा नभएका मन्त्री हट्ने निश्चित भएको हो। यातायातमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मात्रृका यादव, महिला तथा बालबालिका मन्त्री थममाया थापा मगर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र कृषिमन्त्री चक्रपाणि खनाल सम्भवत मन्त्रीबा हट्ने निश्चित जस्तै भएको नेकपाका एक उच्च नेताले बताए। उनीहरुको ठाउँमा ओलीका आफू निकट रहेका सांसद महेश बस्नेत, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार तथा जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहमध्ये बाट नयाँ मन्त्री बन्नेछन्। केही मन्त्रीहरुको विभाग पनि परिवर्तन गर्ने तयारीमा ओली रहेको बुझिएको छ। सचिवालय बैठकमा भोलि सोमबार या पर्सि मंगलबार नै मन्त्रिपरिषद फेरबदल हुने देखिएको छ। सरकारप्रति जनअपेक्षा धेरै रहेको र कार्यसम्पादन छिटो तथा स्तरीय गर्नुपर्ने भएकाले पनि केही मन्त्री बदल्नु पर्ने भएको ओलीले बैठकमा गराएको जानकारी उद्धित गर्दै सचिवालयका एक सदस्यले भने। मन्त्रिपरिषदबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारे पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि ओलीले छलफल गरिसकेका छन्। अब ओलीले नै नयाँ मन्त्रीको बारेमा टुंगो लगाउने स्रोतले बतायो। भ्रष्टाचार, अनियमितता, विकासमा ढिलासुस्ती भएको भन्दै संसदमा दुई तिहाई बहुमत प्राप्त सरकारले जनअपेक्षा अनुसार काम नगरेको टिप्पणी र आलोचना आफ्नै पार्टीबाट ओलीले खेपिरहेका छन्। यता आजको बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवास समन्वय कमिटी पनि गठन गरेको छ। प्रवासी नेपालीहरुको बीचमा समन्वय, सम्पर्क, एकता र मेलमिलापको भाव विकसित गर्ने उद्देश्यका सो समन्वय कमिटी गठन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले सो समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी भने विन्दा पाण्डेलाई दिएको छ। त्यसैगरी सहइन्चार्जमा लक्ष्मण पन्त, अध्यक्षमा युवराज चौंलागाईँ र सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएको छ। सो समन्वय समितिको सदस्यमा भने दिल विक छन । नेकपाले प्रवासमा पार्टी कमिटीहरु भने गठन नगर्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update