हिमाल दैनिक
सिमा अतिक्रमणलाई अन्तराष्ट्रियकरण गर्नपर्ने अध्यक्ष केसीको धारणा
chitra bahadur kc
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सीमाको बिषयलाई नेपालले अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।संवाद चौतारीले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा पटक पटक सीमा मिचिने घटना दोहारीदै गएको भन्दै यस बिषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका हुन्। सीमा मिचिएको बारे जनस्तरबाट भएका संघर्षलाई निस्तेज बनाउन नहुने भन्दै उनले यस बिषयमा राजनीतिक तहबाटै दुईपक्षिय वार्ता गर्नुपर्नेमा जोड दिए। उनले सीमा मिचिएको बारे सवै दलको एकमतले विरोध गरेको भन्दै सरकारले भूमि फिर्ताका लागी नेपालसंग भएका नक्सा अघि सानुपर्ने जिकिर गरे। सत्तामा बस्ने जिम्मेवार व्यक्तीहरुले कुटनीतिक माध्यमबाट खुट्टा दहे बनाएर वार्ता गर्नुपर्ने उनको भनाई छ । उनले नेपाली भूमिमा रहेका अन्य देशका सुरक्षाकर्मी तत्काल हटाउन पहल गर्नुपर्ने बताए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update