नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नपाली भूमि अतिक्रमणको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा उनीहरुले गो ब्याक इन्डिया र गो ब्याक चाइनाको नारासमेत लगाएका थिए । दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेका भन्दै उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग गरेका थिए । नेविसंघले माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेर मण्डलामा परिक्रममा गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो ।
प्रदर्शन गर्दै अगाडि बढ्दा प्रहरीले रोकेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा राखेको विरोधमा लगातार प्रदर्शन हुँदै आएको छ ।
https://www.facebook.com/himaldainik/videos/972037179795918/
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय