हिमाल दैनिक
पूर्वमन्त्री श्रेष्ठ थुनामुक्त
rupjyoti
हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रुपज्योति र उनको छोरी सुरुची श्रेष्ठ थुनामुक्त भएका छन्। काठमाडौँ जिल्ला अदालतमा आज म्याद थपका लागि ल्याउनुपर्नेमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लेनदेनको देवानी मुद्दा भएको हुनाले ठगी मुद्दा नचल्ने निर्णय गरेपछि उनिहरु थुनामुक्त भएका हुन् । काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि यही कात्तिक २४ गते उनिहरुलाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उनिहरु आठ दिन हिरासतमा थिए । व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका र सो कम्पनी श्रेष्ठको श्रीमती र छोरीको नाममा रहेको पाइएको थियो । तर, लेनदेनको मुद्दामा मिलापत्र गर्ने भएपछि आज दुवैजना थुनामुक्त भएका हुन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update