आसन्न उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले निर्वाचन परिचालन समिति र अनुगमन समिति गठन गरेको छ।
तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतको अध्यक्षतामा शुक्रबार बसेको दलको बैठकले उपाध्यक्ष उत्तमकुमार चापागाईको संयोजकत्वमा केन्द्रीय चुुनाव परिचालन समिति गठन गरिएको छ। जसमा निर्वाचन हुन लागिरहेका ३७ जिल्लाका तरुण दल जिल्ला अध्यक्ष सदस्यका रुपमा रहने छन्।
त्यसैगरी कोषाध्यक्ष विद्धान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरिएको बस्नेतद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय