बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा आइपुगेका हुन् ।
[caption id="attachment_77440" align="alignnone" width="1920"] तस्विर:राष्ट्रपति हमिद फेवातालमा[/caption]
[caption id="attachment_77439" align="alignnone" width="1920"] तस्विर:राष्ट्रपति हमिद फेवातालमा[/caption]
काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद आएका हुन् । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरे ।
[caption id="attachment_77438" align="alignnone" width="1920"] तस्विर:राष्ट्रपति हमिद फेवातालमा[/caption]
सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुगेका छन् । त्यसपछि, उनि पोखराको फेवातालमा जलविहार गर्ने कार्यक्रम रहेको छ ।
[caption id="attachment_77436" align="alignnone" width="1920"] तस्विर:राष्ट्रपति हमिद फेवातालमा[/caption]
[caption id="attachment_77434" align="alignnone" width="1920"] तस्विर:राष्ट्रपति हमिद फेवातालमा[/caption]
[caption id="attachment_77433" align="alignnone" width="1920"] तस्विर:राष्ट्रपति हमिद फेवातालमा[/caption]
[caption id="attachment_77435" align="alignnone" width="1920"] तस्विर:बङगलादेशका राष्ट्रपति हमिदको स्वागतमा पञ्चकन्या[/caption]
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय